माओवादीको आग्रहमा प्रतिनिधसभा बैठक स्थगित

काठमाडौं : आज बस्ने भनिएको भनिएको प्रतिनिधि सभाको बैठक स्थगित भएको छ। नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रको आग्रहमा बैठक २२ गतेसम्म  स्थगित गरिएको संसद सचिवालयले जनाएको छ। 

अब अर्को बैठक २२ गते दिउँसो १ बजे बस्ने छ। माओवादीको महाधिवेशन जारी रहेकाले बैठक स्थगित गर्न आग्रह गरेपछि आजको बैठक स्थगित गरिएको सचिवालय स्रोतले जनाएको छ।

सत्तारुढ नेकपा माओवादी केन्द्रले महाधिवेशन जारी रहेकाले बैठक स्थगित गरिदिन आग्रह गरेकाले प्रतिनिधि सभा बैठक स्थगित गरिएको हो।

TOP