आजदेखि मौसम बिस्तारै खुल्ने, केही ठाउँमा वर्षा र हिमपातको सम्भावना कायमै
काठमाण्डाै – आजदेखि मौसम बिस्तारै खुल्दै जाने मौसमविद्ले बताएका छन् । वाग्मती प्रदेशमा आजैदेखि पारिलो घाम लाग्न थाल्ने र अरु प्रदेशमा भने पर्सिदेखि मात्रै मौसममा पूर्ण सुधार आउने मौसमविद् समीर श्रेष्ठले जानकारी दिनुभयो ।
उहाँका अनुसार अरु प्रदेशमा न्यूनचापीय प्रणालीको प्रभाव पर्सिसम्म नै रहनेछ । यस प्रणालीको प्रभावका कारण केही दिनदेखि मौसम बद्ली भएर केही ठाउँमा वर्षा र हिमपात भएको छ ।
आज पनि सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका केही ठाउँमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
उच्च पहाडी तथा हिमाली क्षेत्रका केही ठाउँमा हल्का हिमपातको सम्भावना छ । भोलि पनि सुदूरपश्चिम र प्रदेश-१ का एक/दुई ठाउँमा हल्का वर्षाको सम्भावना रहेको मौसमविद् श्रेष्ठले बताउनुभयो।
हराएका पूर्व मेयर मृत फेला
साउन २४, २०८३
कृष्णनगर, २४ साउन । अस्ति शुक्रबार दिउँसोदेखि हराइरहेका कपिलवस्तु नगरपालिकाका पूर्व मेयर किरण सिंहको शव फेला परेको छ । तिलौराकोट…



ghanashyam