दाङमा कपडा गोदाममा आगलागी हुँदा २५ लाख बराबरकाे क्षति
दाङ – दाङको लमही नगरपालिका वडा नम्बर–५ लमही गल्लीमा रहेको सतिश गुप्ताको कपडा गोदाममा आगलागी भएको छ । विद्युतकाे तार सर्ट भएर भएको आगलागीबाट २५ लाख रुपैयाँ बराबरको कपडा जलेर नष्ट भएको छ ।
आगलागीबाट कपडा राखेको दुई वटा कोठा र गुप्ता सुत्ने कोठा जलेर पूर्णरुपमा क्षति भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ । लमही नगरपालिकाको दमकल र सुरक्षाकर्मीले आगो निभाएका छन् ।
हराएका पूर्व मेयर मृत फेला
साउन २४, २०८३
कृष्णनगर, २४ साउन । अस्ति शुक्रबार दिउँसोदेखि हराइरहेका कपिलवस्तु नगरपालिकाका पूर्व मेयर किरण सिंहको शव फेला परेको छ । तिलौराकोट…



ghanashyam