उत्तर कोरियाद्वारा दुईवटा क्षेप्यास्त्र परीक्षण
सोल : उत्तर कोरियाले मंगलबार दुईवटा क्रुज क्षेप्यास्त्र परीक्षण गरेको छ। उत्तर कोरियाको जनवरी महिनाको पाँचौँ हतियार परीक्षण हो। दक्षिण कोरियाली सैन्य अधिकारीहरूले उक्त जानकारी दिएका छन्।
विभागीय नियमका कारण देखाउँदै नाम नछाप्ने शर्तमा एक अधिकारीले भने‚ ‘दक्षिण कोरिया र अमेरिकाका गुप्तचर अधिकारीहरूले प्रक्षेपणको विश्लेषण गरिरहेका थिए।’ यद्यपि उनले विवरणहरू प्रदान गरेनन्।
नाम नबताउने शर्तमा अर्का एक अधिकारीले ती परीक्षण आन्तरिक क्षेत्रबाट सञ्चालन गरिए पनि आक्रमण कहाँबाट गरियो भन्ने स्पष्ट रूपमा बताएनन्।
उत्तर कोरियाले पछिल्ला महिनामा यो क्षेत्रमा धेरै नयाँ क्षेप्यास्त्र परीक्षण गरेको छ।
उत्तर कोरियाली नेता किम जोङ उनले वार्ताअघि क्षेप्यास्त्र र अन्य धम्कीमार्फत आफ्ना छिमेकीहरू र अमेरिकालाई दबाब दिन खोजिरहेको विश्लेषकले बताएका छन्।
हराएका पूर्व मेयर मृत फेला
साउन २४, २०८३
कृष्णनगर, २४ साउन । अस्ति शुक्रबार दिउँसोदेखि हराइरहेका कपिलवस्तु नगरपालिकाका पूर्व मेयर किरण सिंहको शव फेला परेको छ । तिलौराकोट…



ghanashyam