पछिल्लो २४ घण्टामा विश्वभर २६ लाखभन्दा धेरैमा कोरोना संक्रमण
एजेन्सी-विश्वभर थप २६ लाखभन्दा धेरैमा कोरोना संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा गरिएका नमुना परीक्षणमा २६ लाख २५ हजारमा कोरोना संक्रमण भएको छ।
थपिएका संक्रमितमध्ये अमेरिकामा १ लाख ८९ हजार, भारतमा २ लाख २९ हजार, ब्राजिलमा २ लाख७ हजार, इटलीमा १ लाख ३७ हजार, जर्मनीमा १ लाख ४३ हजार रहेका छन्। विश्वभर संक्रिय संक्रमितको संख्या ७ करोड २७ लाखभन्दा बढी छ।
यस्तै‚ पछिल्लो २४ घण्टामा थप ७ हजार ६२९ जना कोरोना संक्रमितको मृत्यु भएको छ। मृतकमध्ये अमेरिकामा १ हजार ११८, भारतमा ८९२, ब्राजिलमा ६९५, फ्रान्समा १७८, बेलायतमा २९६ ,रसियामा ६६८, टर्कीमा १४७, इटालीमा ३७७, अर्जेन्टिनामा १७९, कोलम्बियामा २७२, मेक्सिकोमा ४६७ र पोल्याण्डमा २३१ जनाको कोरोनाबाट मृत्यु भएको हो।
हराएका पूर्व मेयर मृत फेला
साउन २४, २०८३
कृष्णनगर, २४ साउन । अस्ति शुक्रबार दिउँसोदेखि हराइरहेका कपिलवस्तु नगरपालिकाका पूर्व मेयर किरण सिंहको शव फेला परेको छ । तिलौराकोट…



ghanashyam