केही प्रदेशमा वर्षा‚ उच्च पहाडी तथा हिमाली भेगमा हिमपातको सम्भावना
काठमाडौं : पश्चिमी वायुको प्रभावले आज प्रदेश १, मधेश‚ बागमती‚ गण्डकी र लुम्बिनी प्रदेशमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यस्तै‚ उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
मंगलवार बिहान हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहको छ तथा बुधबार राती बाट यसको प्रभाव बढ्ने सम्भावना देखिन्छ।
मंगलवार बिहान हाल पहाडी भू-भागमा आंशिक बदली रही तराईका भू-भागमा हुस्सु/ कुहिरो लागेको छ। दिउँसो प्रदेश १, मधेश‚ बागमती र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना मौसमविद् मञ्जु बासीले जानकारी दिइन्। यस्तै‚ उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
राति प्रदेश १, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ। प्रदेश १ र गण्डकी प्रदेशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको संभावना रहेको छ।
मंगलवार बिहान काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ५ डिग्री सेल्सियस मापन गरिएको छ । दिउँसा १५ देखि १६ डिग्री सेल्सियसम्म पुग्ने अनुमान छ।
हराएका पूर्व मेयर मृत फेला
साउन २४, २०८३
कृष्णनगर, २४ साउन । अस्ति शुक्रबार दिउँसोदेखि हराइरहेका कपिलवस्तु नगरपालिकाका पूर्व मेयर किरण सिंहको शव फेला परेको छ । तिलौराकोट…



ghanashyam