कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्दै
काठमाडौं : नेपाली कांग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज पनि बस्दै छ। शुक्रबार बसेको कार्यसम्पादन समिति बैठक आज बस्नेगरी स्थगित गरिएको थियो। बैठक दिउँसो २ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्न लागेको हो। कांग्रेस प्रवक्ता डा.प्रकाशशरण महतले आजको बैठकले म्याद सकिएका भ्रातृ एवं शुभेच्छुक संस्थाको महाधिवेशनबारे निर्णय लिने बताए।
शुक्रबारको बैठकमा केन्द्रीय सदस्य एनपी साउद नेतृत्वको समितिले यसअघि नै तयार पारेको भ्रातृ एवं शुभेच्छुक संस्थाहरुको विधान पेस गरिएको थियो। नेविसंघ, तरुण दल, महिला संघ, दलित संघ, मुस्लिम संघ, किसान संघ लगायतका दर्जन बढी भ्रातृ एवं शुभेच्छुक संस्थाहरूको लामो समयदेखि अधिवेशन हुन सकेको छैन्।
हराएका पूर्व मेयर मृत फेला
साउन २४, २०८३
कृष्णनगर, २४ साउन । अस्ति शुक्रबार दिउँसोदेखि हराइरहेका कपिलवस्तु नगरपालिकाका पूर्व मेयर किरण सिंहको शव फेला परेको छ । तिलौराकोट…



ghanashyam