अखिल नेपाल सुकुम्बासी संघ लुम्बिनी प्रदेशको वैठक सम्पन्न

कपिलवस्तु । अखिल नेपाल सुकुम्बासी संघ लुम्बिनी प्रदेशको वैठक कपिलवस्तुको चन्द्रौटामा सम्पन्न भएको छ । नेकपा माओवादी केन्द्रको भातृ संगठन सघको बैठकले विभिन्न निर्णय गरि बैठक सम्पन्न गरेको छ । जसमा आगामी केन्द्रिय सम्मेलनको तयारीमा लाग्ने निर्णय गरिएको छ ।

प्रदेश सदस्य उमा बिकले केन्द्रको परिपत्र पढेर सुनाउनुभएको थियो । बैठकमा कपिलवस्तु इन्चार्ज कमल चुदालीले पार्टी मजबुत बनाएर काम गर्नुपर्ने बताउनुभयो । उहाले नगर जिल्ला तथा तल्लो तह सम्म संघ गठन गरेर काम गर्न सकेमा आगामी निर्वाचनमा जित सुनिश्चित हुने बताउनुभयो ।

केन्द्रीय सचिव तथा प्रदेश इन्चार्ज भरत तिवारीले पार्टीको खम्बाको रुपमा सुकुम्बासी संघ रहेको र निर्वाचनमा पनि संघको भुमिका अत्यधिक हुने बताउनुभयो । आज भएको बैठकमा १२ ओटा जिल्लाका अध्यक्ष तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

TOP