शिवराजका ३६ जना शहिद परिवारलाइ सम्मान
चन्द्रौटा । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र शिवराज नगर समितीले नगरका ३६ जना सहिद परिवारलाई सम्मान गरेको छ । सहिद सप्ताहको अवसर परेर शहिदका परिवारलाई अभिनन्दन सहित सम्मान गरिएको नगर अध्यक्ष द्रोण बहादुर पुन (दिनेश)ले बताउनुभयो ।
कार्यक्रममा बोल्दै नेकपा माओवादी केन्द्रका प्रदेश सदस्य रुद्रलाल बन्जाडेले २०५२ फागुन १ गते बाट जनयुद्ध सुरु गरिएको युद्वमा थुप्रै जना सहिद भएको भन्दै निरंकुश बिरुद्व आवाज उठाउदा ज्यान बलिदान दिएको बताउनुभयो । शहिदको बलिदानले सङ्घिय गणतन्त्र समानुपातिक समावेसी धर्म निरपक्षता लगायत धेरै उपलब्धि हासिल भएको बताउनुभयो ।
सामान्ती हरु सग अहिले शिर ठाडो परेर हिड्ने परिस्थिति माओवादीको कारणले गर्दा भएको जनाउनुभयो । माओवादी आन्दोलनको उपलब्धि स्वरुप महिला दलित मधेशि नम्नवर्गका जनताले देश र जनता को नेतृत्व गरिरहेको बताउनुभयो ।
नेता बन्जाडेले सहिद सपना अझै पूरा नभएले आन्दोलन जारी रहेको बताउनुभयो ।
प्रदेश सदस्य उमा बिक,अर्जुन सापकोटा ,जिल्ला सदस्य करम हुसेन,कपिल खनाल लगायतको सहभागिता रहेको थियो ।
हराएका पूर्व मेयर मृत फेला
साउन २४, २०८३
कृष्णनगर, २४ साउन । अस्ति शुक्रबार दिउँसोदेखि हराइरहेका कपिलवस्तु नगरपालिकाका पूर्व मेयर किरण सिंहको शव फेला परेको छ । तिलौराकोट…



ghanashyam