इङ्ग्लिस प्रिमियर लिगमा चेल्सी, वेस्टह्याम र आर्सनल विजयी
काठमाण्डाै – इङ्ग्लिस प्रिमियर लिग फुटबलमा चेल्सी विजयी भएको छ । गएराति भएको खेलमा चेल्सीले न्युक्यासललाई १–० गोल अन्तरले हराएको हो ।
घरेलु मैदानमा चेल्सीलाई जिताउन काइ हार्भट्जले खेलको ८९औँ मिनेटमा गोल गरे । यो गोल नै जितका लागि निर्णायक बन्यो । जितसँगै २८ खेलमा ५९ अङ्क जोडेको चेल्सी अङ्क तालिकाको तेस्रो स्थानमा छ ।
न्युक्यासल भने ३१ अङ्क जोडेर १४ औँ स्थानमा छ ।
यस्तै गएराति नै भएको अर्को खेलमा वुल्भ्स, लिड्स युनाइटेड, वाट्फोर्ड, वेस्टह्याम र आर्सनल विजयी भएका छन् ।
लिड्सले नर्विचलाई, वेस्टह्यामले एस्टन भिल्लालाई र वाट्फोर्डले साउथह्याम्पटनलाई समान २–१ गोल अन्तरले हराउँदा आर्सनलसँग लेस्टर सिटी २–० गोल अन्तरले पराजित भयो । यस्तै, वुल्भ्स्ले एभर्टनलाई १–० गोल अन्तरले हराएको छ ।
हराएका पूर्व मेयर मृत फेला
साउन २४, २०८३
कृष्णनगर, २४ साउन । अस्ति शुक्रबार दिउँसोदेखि हराइरहेका कपिलवस्तु नगरपालिकाका पूर्व मेयर किरण सिंहको शव फेला परेको छ । तिलौराकोट…



ghanashyam