शिवराजमा ३० हजार बढिले खाए हात्ती पाइलेको औषधी

केशव बेल्वासे, कपिलवस्तु । शिवराजमा हालसम्म ३० हजार बढिले हात्तीपाइले विरुद्धको औषधि सेवन गरीसकेका छन । गत शनिबार शिवराज नगरपालिकाका नगर प्रमुख नेत्रराज अधिकारीले औषधि सेवन गरेर अभियानको सुरुवात गर्नुभएको थियो । अभियानको ५ औँ दिनसम्म आईपुग्दा शिवराजमा ३० हजार बढिले औषधि सेवन गरीसकेको शिवराज नगर स्वास्थ शाखा प्रमुख चुडामडि भटराईले जानकारी दिनुभयो ।

शिवराज नगर भित्रमा ७५ हजारलाई हात्तीपाइले विरुद्धको औषधि खुवाउने लक्ष्य रहेको उहाले बताउनुभएको छ । १ हप्तासम्म चल्ने अभियानमा छुटेकाहरुलाई पछि एक दुईदिन थपेर औषधि खुवाईने पनि उहाले जानकारी दिनुभयो । हाल घरघरमा, विद्यालय टोल र उद्दोगहरुमा पुगेर औषधि खुवाईरहेको स्वास्थ शाखा प्रमुख भटराईले बताउनुभयो । स्वास्थ शाखा प्रमुख भटराईले आम नागरीकलाई ढुक्क भएर औषधी सेवन गर्न पनि अनुरोध गर्नु भयो ।

यो रोगलाई निवारण गर्न एक मात्र बिकल्प औषधी सेवन रहेको बताउनु भयो । बिगत १३ बर्ष देखि अभियान संचालन गरिए पनि नागरिकहरुले ईमान्दारीपुर्वक औाषधी सेवन नगर्दा जिल्लामा यो प्रमुख समस्याका रुपमा रहेकाले सबैले औषधि सेवन गरेर यो अभियानलाई सफल पार्न पनि आग्रह गर्नुभयो । कपिलवस्तु लगाएत देशभरका १० जिल्लामा नै गत शनिबारदेखि हात्तीपाइले विरुद्धको औषधि खुवाउने अभियान जारी रहेको छ ।

TOP