बाणगंगा र बुद्धभूमिको सिमामा एक पुरुषको शव फेला
कपिलवस्तु : कपिलवस्तुको बुद्धभुमि नगरपालिका र बाणगंगा नगरपालिकाको सिमामा पर्ने बालु खोला अन्तर्गत पुरुषको शव फेला परेको छ । शरीरको माथिको भागमा कुनै कपडा नभएको र घोप्टो रहेको अवस्थामा एक पुरुषको शब फेला परेको हो ।
टाउजर र जुता दुई फरक ठाउँबाट बरामत भएको बताइएको छ । घटना स्थलमा अहिले शवलाई बाहिर निकाल्ने क्रम जारी रहेको छ । घटनालाई ईलाका प्रहरी कार्यालय पिपरा र गोरुसिङ्गेको संयुक्त टोलि घटना स्थलमा रहेको बताइएको छ । यद्यपि शबको पहिचान भने हुन सकेको छैन् ।
शब अन्दाजी (८-१०) दिनसम्मको हुन सक्ने प्रहरीको अनुमान गरेको छ । अहिले शबलाई पोष्टमाटर्मको लागि जिल्ला अस्पातल तौलिहवा लैजाने तयारी गरिएको बताइएको छ ।
हराएका पूर्व मेयर मृत फेला
साउन २४, २०८३
कृष्णनगर, २४ साउन । अस्ति शुक्रबार दिउँसोदेखि हराइरहेका कपिलवस्तु नगरपालिकाका पूर्व मेयर किरण सिंहको शव फेला परेको छ । तिलौराकोट…



ghanashyam