कपिलवस्तुमा माेटरसाइकल दुर्घटनामा परि दुई घाइते

चन्द्राैटा ।
कपिलवस्तुको शिवराज नगरपालिका ३ खरेन्द्रपुरमा मोटरसाइकल दुर्घटना हुँदा दुई जना घाइते भएका छन् ।

पुर्वपश्चिम लोकमार्ग अन्तरगत खरेन्द्रपुर चोक नजिकै साझ ९ बजेर ३० मिनेटमा उक्त दुर्घटना भएको हो ।

शिवराज ३ खरेन्द्रपुरका अन्दाजी ३५/३६ वर्षिय मनोज भण्डारी र शिवराज ४ बनकट्टिका २१ बर्षका आदेश सिंह खाती घाइते भएको वडा प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ ।

दुर्घटना पश्चात् दुबैजनालाई चन्द्रौटाको सन्जिवनी सामुदायिक अस्पतालमा समान्य उपचार गरि थप उपचारको लागि बुटवल रिफर गरिएको सन्जिवनी अस्पतालका ब्यवस्थापक वाई पि पौडेलले जानकारी दिनु भयो ।

लु ३१ प ७१३६ नम्बरको केटिएम मोटरसाइकल र लु ७२ प ५३१५ नम्बरको सुपर स्पेलेन्डर मोटरसाइकल एक आपसमा ठोक्किएर दुर्घटना भएको हुन सक्ने प्रहरीले जनाएको छ ।

TOP