खानेपानी विवादः निर्वाचित घोषणा, कार्यालयमा ताला
कपिलवस्तु – चन्द्रौटामा खानेपानीको विवाद उत्कर्षमा पुगेको छ । केहि दिन देखि विवादमा रहेको खानेपानी निर्वाचनमा आज एक पक्षले निर्वाचन गरि नया नेतृत्व आएको दावि गरेको छ । यता निर्वाचन समितिका बहुमत सदस्यहरुकाे संयोजकले एकलौटि रुपमा निर्वाचन गरेकोले त्यो स्विकार्य नहुने बताएका छन् ।
वडा अध्यक्ष अर्जुन पाण्डेको संयोजक्तवमा ७ सदस्य निर्वाचन समिति गठन भएको थियो । उक्त समितिले निर्वाचनको मिति तय समेत गरेको थियो । उक्त समय अवधिमा उपभोक्तावाट रकम असुल गर्न केहि वाकि रहेको भन्दै समय थप गर्न आग्रह गर्दा वडा अध्यक्षले एकलैटी ढंगले निर्वाचनको काम गरेको भन्दै खानेपानी कार्यालयमा ताला लगाइएको छ ।
ताला लगाएपछि निर्वाचन समितिका संयोजक अर्जुन बहादुर पाण्डेले वडा कार्यालयकाे हलमा निर्वाचन गराएका हुन । उनीले उपभोक्ताहरुलाई निर्वाचनमा भाग लिन नदिई दादागिरी सैलीमा निर्वाचन गराएको आरोप उपभाेक्ताहरूले लगाएका छ ।
हराएका पूर्व मेयर मृत फेला
साउन २४, २०८३
कृष्णनगर, २४ साउन । अस्ति शुक्रबार दिउँसोदेखि हराइरहेका कपिलवस्तु नगरपालिकाका पूर्व मेयर किरण सिंहको शव फेला परेको छ । तिलौराकोट…



ghanashyam