माओवादी केन्द्रले शिवराजमा राजनैतिक तथा बैचारिक प्रशिक्षण कार्यक्रम गर्ने
कपिलवस्तु । नेकपा माओवादी केन्द शिवराज नगर समितिले राजनैतिक तथा बैचारिक प्रशिक्षण कार्यक्रम आयोजना गरेको छ । चैत १३ गते आईतवार प्रतिनिधि सभा सदस्य जयपुरी घर्तीले प्रशिक्षण दिनुहुने भएको छ ।
स्थानीय तहको निर्वाचन नजिकिदै जादा माओवादी केन्द्रले प्रशिक्षण भेला कार्यक्रम आयोजना गरिएको बताइएको छ । कार्यक्रममा अन्य केन्द्रिय नेता तथा प्रदेशका नेताहरुको पनि सहभागिता रहने नगर अध्यक्ष दिनेश पुनले बताउनुभयो ।
शिवराज नगरपालिका वडा ३ मा रहेको सुपा देउराली रिसोर्टमा प्रशिक्षण कार्यक्रम हुने भएकोले सहभागिताको लागि नेता तथा कार्यक्रताहरुलाइ नगर सचिव भरत पोख्रलेले आग्रह गर्नुभयो ।
हराएका पूर्व मेयर मृत फेला
साउन २४, २०८३
कृष्णनगर, २४ साउन । अस्ति शुक्रबार दिउँसोदेखि हराइरहेका कपिलवस्तु नगरपालिकाका पूर्व मेयर किरण सिंहको शव फेला परेको छ । तिलौराकोट…



ghanashyam