एमाले अध्यक्ष ओलीले आज ७५३ पालिका अध्यक्षसँग अन्तरक्रिया गर्दै
काठमाडौ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज स्थानीय तहको निर्वाचनको तयारीका क्रममा सबै पालिकाका अध्यक्षहरूसँग अन्तरक्रिया गर्दैछन्।
ओलीले होटल हिमालयन ललितपुरबाट आज दिउँसो १ बजेदेखि करिब ३ घण्टा स्थानीय निर्वाचनको पालिका स्तरको तयारी, घोषणा पत्रमा समेट्नु पर्ने विषयवस्तु आदिका बारेमा पालिका अध्यक्षहरूको सुझाव लिने छन्।
भर्चुअल बैठकमा स्थायी कमिटी सदस्य, घोषणा पत्र तयारी समितिका सदस्य, पार्टीका जिल्ला अध्यक्ष र प्रदेश कमिटीका पदाधिकारी समेत सहभागी हुने स्थानीय तह विभाग प्रमुख देवेन्द्र दाहालले जानकारी दिए।
भर्चुअल बैठकमा समितिले तयार गरेको घोषणा पत्रको अवधारणा पूर्व अर्थमन्त्री युवराज खतिवडा र पुनर्निर्माण प्राधिकरणका पूर्व कार्यकारी निर्देशक सुशील ज्ञवालीले प्रस्तुत गर्ने छन्।
हराएका पूर्व मेयर मृत फेला
साउन २४, २०८३
कृष्णनगर, २४ साउन । अस्ति शुक्रबार दिउँसोदेखि हराइरहेका कपिलवस्तु नगरपालिकाका पूर्व मेयर किरण सिंहको शव फेला परेको छ । तिलौराकोट…



ghanashyam