अन्य दल छोेडेर माओवादी केन्द्रमा प्रवेश
पछिल्लो समय विभिन्न पार्टी छोडेर माओवादी केन्द्रमा प्रवेश गर्नेहरुको लहर चलेको छ । पूर्व जिल्ला सेक्रेटरी सहित माओवादीमा प्रवेश गरेको केहि दिन नबित्दै शिवराज नगरपालिका वडा २ वाट विभिन्न दलहरु छोडेर माओवादीमा प्रवेश गरेका छन् ।
पार्टीको प्रशिक्षण तथा प्रवेश कार्यक्रममा नेपाली काग्रेसका सुक बहादुर विक,बिनाद परियार,उत्तम सिह विक,स्माइल मिया,छदिराम कोरी,ओम प्रकाश लोहार एमालेका दिपेश खड्का भिम प्रसाद रसाइली,राजु परियार विप्लब समुहका चन्द्र बहादुर वाग्ले दिल बहादुर मगर लगाएतका नेता कार्यक्रता माओवादी केन्द्रमा प्रवेश गरेका हुन ।
उनीहरुलाई माओवादी केन्द्रका प्रदेश सदस्य तथा नगर अध्यक्ष दिनेश पुनले स्वागत गर्नुभएको हो । माओवादीको विचार सिद्धान्तले देश समृद्ध तर्फ लाग्ने भएकोले आफुहरु माओवादीमा प्रवेश गरेको बताएका छन् । कार्यक्रममा नगर अध्यक्ष पुनले आगामी निर्वाचनमा माओवादीलाई जसरी जित हासिल गर्नुपर्ने अवस्था आएकोले सबै पार्टी कार्यक्रतालाई लाग्न आग्रह गर्नुभयो ।
निर्वाचनमा मुखमा आएकोले पार्टीका विचार सिद्धान्तलाई घरघर पुर्याएर नागरिकहरुलाई सचेत बनाउनुपर्ने बताउनुभयो । माओवादी आन्दोलको उपलब्धीलाई स्थापित गर्नको लागि निर्वाचनमा माओवादीले जितहासिल गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा प्रदेश सदस्य उमा विक,कपिल खनाल,सिता बुढाथोकि,चिन्ता परियार लगायतले नव प्रवेशिहरु स्वागत गर्दै जनताको सेवामा खटिन आग्रह गरेका छन् ।
हराएका पूर्व मेयर मृत फेला
साउन २४, २०८३
कृष्णनगर, २४ साउन । अस्ति शुक्रबार दिउँसोदेखि हराइरहेका कपिलवस्तु नगरपालिकाका पूर्व मेयर किरण सिंहको शव फेला परेको छ । तिलौराकोट…



ghanashyam