शिवराजमा भेलि देखि टाइफाइट विरुद्धको खोप लगाइने
कपिलवस्तु-कपिलवस्तुको शिवराज नगरपालिकामा २३ गते (भेलि)देखि टाइफाइट विरुद्धको खोप अभियान सुरु गरिने भएको छ ।उक्त अभियानमा शिवराज नगर भित्रका २१ हजार बालवालिकाहरुलाई टाइफाइड विरुद्धको खोप लगाइने शिवराज स्वास्थ्य शाखा प्रमुख चुरामणी भट्टराईले जानकारी दिनु भयो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको अभियान अन्तरगत १५ महिना देखि १५ वर्ष उमेर समुहका बालवालिकाहरुलाइ २३ गते देखि खोप अभियान सुरु गरिने स्वास्थ्य शाखा प्रमुख चुरामणी भट्टराईले बताउनुभयो । २८ गते देखि नगरका विध्यालयहरुमा परिक्षा संचालनको तालिका सार्वजनिक भएकाले उक्त मिति भन्दा अगावै नै विध्यालयत तथा मदरसाहरुमा उक्त अभियान अभियान पुरा गर्ने गरी अभियान संचालनको तयारीमा जुटेको उहाँले बताउनु भयो ।
उक्त उमेर समुहका बालबालिकाहरु टाईफाईडबाट बढी प्रभावित भएकाले शुरुवाती चरणमा विध्यालय र अर्को चरणमा विध्यालय नजाने उमेर समुहका बालबालिकालाई लक्षित गरि खोप अभियान सञ्चालन गर्न लागेको उहाँले बताउनु भयो ।
सो खोप अभियानका लागी खोप व्यवस्थापन, स्वास्थ्यकर्मी परिचालन, आवश्यक सुचना सम्प्रेषण लगायतका सम्पुर्ण तयारी पुरा भएको उहाँले बताउनुभयो । विद्यालय,खोप केन्द्र स्वास्थ्य चौकि वाट खोप लगाइने उहाँले बताउनुभयो ।खोप पश्चात शरिरमा केहि समस्या देखिने भएपनि त्यसलाई सहज रुपमा लिन नगरपालिकाले आग्रह गरेको छ । सम्पुर्ण वाल खोप अभियान सहभागि भई स्वास्थ रहन आग्रह गर्नुभयो ।
दिसा मिसिएको, दुषित पानी तथा खानाका कारण लाग्ने टाइफाइड रोगबाट बच्नका लागि नेपालमा पहिलो पटक खोप सञ्चालन गर्न लागिएको हो । भारतको वायोलोजिकल ई। लिमिटेडले उत्पादन गरेको यो खोपसँगै बालबालिकाहरुमा टाइफाइड हुने सम्भावना ९६ दशमलव ९५ प्रतिशतले कमी हुने विश्व स्वास्थ्यसंगठनको अनुसन्धानले देखाएको छ । नेपालमा टाइफाइड विरुद्धको खोप पहिलो पटक प्रयोगमा ल्याउन लागिएका कारण जनताहरुलाई यस बारे जानकारी गराउने काम भैरहेको छ ।
हराएका पूर्व मेयर मृत फेला
साउन २४, २०८३
कृष्णनगर, २४ साउन । अस्ति शुक्रबार दिउँसोदेखि हराइरहेका कपिलवस्तु नगरपालिकाका पूर्व मेयर किरण सिंहको शव फेला परेको छ । तिलौराकोट…



ghanashyam