माधव नेपालद्धारा नेकपा एकिकृत समाजवादीको शिवराजमा पार्टी कार्यालय उद्धघाटन
कपिलवस्तु -नेकपा एकिकृत समाजवादी शिवराज नगरकमिटिको पार्टी कार्यालय उद्धघाटन गरिएको छ । मगलवार पार्टी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले रिवन काटेर पार्टी कार्यालयको उद्धघाटन गर्नुभएको हो ।
उहाँले पार्टीलाई थप मजवुत बनाउँदै स्थानीय तहको निर्वाचनमा लाग्न नेता कार्यक्रतालाई निर्देशन दिनुभएको छ । धेरै भन्दा धेरै पालिकामाहरु आफ्नो जित हुने गरि लाग्न आग्रह गर्नुभएको हो ।
शिवराज नगरपालिकाका प्रत्येक वडा तथा नगरमा स्थानीय तहको निर्वाचन लक्षित गतिविधिहरु सुरु भएको नगर अध्यक्ष सरोज पौडेलले बताउनुभयो । पार्टी कार्यालय उद्धघाटन पश्चात पार्टी संचालनमा थप सहज हुने पौडेलको भनाई छ । पार्टी कार्यालय शिवराज नगरपालिका चन्द्रौट मा राखिएको छ ।
हराएका पूर्व मेयर मृत फेला
साउन २४, २०८३
कृष्णनगर, २४ साउन । अस्ति शुक्रबार दिउँसोदेखि हराइरहेका कपिलवस्तु नगरपालिकाका पूर्व मेयर किरण सिंहको शव फेला परेको छ । तिलौराकोट…



ghanashyam