ग्याससहित पेट्रोलियम पदार्थको मूल्य बढ्यो
काठमाडौं : नेपाल आयल निगमले इन्धनको मूल्य फेरि बढाएको छ। निगमले पेट्रोल, डिजेल र मट्टितेल प्रतिलिटर ५ रुपैयाँले बढाएको हो।
अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १६० रुपैयाँ तथा डिजेल र मट्टितेलको मूल्य १४३ रुपैयाँ पर्ने भएको छ। त्यस्तै खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिण्डर २५ रुपैयाँ बढाएर १६ सय कायम गरिएको छ।
निगमका अनुसार बढेको मूल्य मंगलबार राति १२ बजेदेखि लागू हुने भएको छ। आयल निगमले नोक्सानी बढेको भन्दै इन्धनको मूल्य बढाएको हो। यसअघि निगमले चैत २ गते पेट्रोलियम पदार्थको भाउ बढाएको थियो।
हराएका पूर्व मेयर मृत फेला
साउन २४, २०८३
कृष्णनगर, २४ साउन । अस्ति शुक्रबार दिउँसोदेखि हराइरहेका कपिलवस्तु नगरपालिकाका पूर्व मेयर किरण सिंहको शव फेला परेको छ । तिलौराकोट…



ghanashyam