शिवराज जेसिसद्धारा रेडियोलाई स्वास्थ सामाग्री वितरण
दिपक के.सी.
कपिलवस्त चैत्र २८
शिवराज जेसिसले शुक्रवार शिवराज नगरपालिकामा रहेका ३ वटा समुदाईक रेडियोहरूलाई सेनेटराइज सामाग्री वितरण गरेको छ ।
विश्व कोरोना भाइरसको महामारीमा रहेको वर्तमान अवस्थामा जनतालाई सुसुचित गराउन रेडियोहरूको भुमिका अहिले निकै महत्वपुर्ण भएको भन्दै शिवराज नगरपालिकामा रहेका ३ वटा रेडियो ,सामुदायिक रेडियो समानता , सामुदायिक रेडियो भ्वाइस र सामुदायिक रेडियो शिवराजलाई जेसिसले सेनेटराइज सामाग्री वितरण गरेको हो । महामारीको जोखिममा पनि प्रत्यक्ष जनता समक्ष सुचना प्रवाह गरिरहेको रेडियोमा कार्यरत संचारकर्मीको स्वास्थ्य सुरक्षामा थोरै भए पनि राहत पुग्ने उद्देश्यले सामाग्री वितरण गरिएको शिवराज जेसिसका अध्यक्ष विजय सापकोटाले बताए । जोखिममा नागरिकलाई सुसुचित गर्ने काम अहिले स्थानिय रेडियोहरूले गरिरहेको र सबै भन्दा धेरै नागरिकको पहुचमा पनि भएको हुदाँ रेडियो र रेडियो संचारकर्मीहरूको सुरक्षामा स्थानिय सरकार र सरोकारवालाले ध्यान दिनु पर्ने उहाँले बताउनु भयो ।
हराएका पूर्व मेयर मृत फेला
साउन २४, २०८३
कृष्णनगर, २४ साउन । अस्ति शुक्रबार दिउँसोदेखि हराइरहेका कपिलवस्तु नगरपालिकाका पूर्व मेयर किरण सिंहको शव फेला परेको छ । तिलौराकोट…


