एक्लाएक्लै लड्न परेपनि पछि नपर्ने अध्यक्ष नेपालको भनाई
कपिलवस्तु – नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले निर्धारित मितिमै स्थानीय तहको निर्वाचन हुने भएकाले आपनो पार्टि अन्यदलसँग सहकार्य नभएपनि एक्लै भिड्ने बताउनुभएको छ ।
नेकपा एकिकृत समाजवादी कपिलवस्तुको बाणगँगा नगर कमिटिले चारनम्वर जितपुरमा शनिवार आयोजना गरेको कार्यकर्ता भेटघाट तथा निर्वाचन सम्पर्क कार्यालयको उद्घाटन गदैं उहाँले यस्तो बताउनुभएको हो । केपीओलीको प्रतिगमनका विरुद्ध रहेका पाँचदल सके मिलेर निर्वाचनमा जाउँ नभए आपनो पार्टि स्थापना भएको सात महिना मात्र भएपनि एक्लाएक्लै लड्न परेपनि पछि नपर्ने बताउनुभएको छ ।
स्थानीयतहको निर्वाचननजिकिएकाले कार्यकर्तालाई सम्पुर्ण तयारीका साथअगी बढ्न नेता नेपालले आग्रह समेत गर्नुभयो ।
हराएका पूर्व मेयर मृत फेला
साउन २४, २०८३
कृष्णनगर, २४ साउन । अस्ति शुक्रबार दिउँसोदेखि हराइरहेका कपिलवस्तु नगरपालिकाका पूर्व मेयर किरण सिंहको शव फेला परेको छ । तिलौराकोट…



ghanashyam