अमेरिकाको वासिंगटनमा गोली चल्यो, तीन जना घाइते

एजेन्सी-अमेरिकाको वासिंगटनस्थित एक भवनमा एक व्यक्तिले गोली चलाउँदा तीन जना घाइते  भएका छन्। 

समाचार एजेन्सी एएफपीलाई उद्यृत गर्दै बीबीसीले जनाए अनुसार हतियारधारी व्यक्तिले अटोमेटिक बन्दुकबाट अन्धाधुन्ध गोली चलाएका हुन्। 
घाइतेमध्ये एक बालिका बाहेक दुई जनाको अवस्था गम्भीर रहेको अस्पताललाई उद्धृत गर्दै समाचारमा जनाइएको छ। 

घटनापछि वासिंगटनको आभा भ्यान नेसमा लकडाउन गरिएको छ। प्रहरीले गोली प्रहारमा संलग्नको खोजी गरिरहेको जनाएको छ।

TOP