कपिलवस्तुमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु
कपिलवस्तु : कपिलवस्तुको कपिलवस्तु नगरपालिका–४ गोपालपुरमा मोटरसाइकलको ठक्करबाट एक जना पैदलयात्री मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानिय ७५ बर्षीय पंचम अहिर रहेका छन् ।
मोटरसाइकलको ठक्करबाट गम्भिर घाइते भएका उनको उपचारको क्रममा जिल्ला अस्पताल तौलिहवामा मृत्यु भएको प्रहरीले जनाएको छ ।
मंगलबार बिहान साढे १० बजे तौलिहवाबाट गोपालपुर तर्फ जाँदै गरेको यू.पि. ५५ एक्स ९१८० भारतीय नम्बर प्लेटको मोटरसाइकलले पैदल हिडिरहेका अहिरलाई ठक्कर दिएको थियो । मोटरसाइकलसहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
हराएका पूर्व मेयर मृत फेला
साउन २४, २०८३
कृष्णनगर, २४ साउन । अस्ति शुक्रबार दिउँसोदेखि हराइरहेका कपिलवस्तु नगरपालिकाका पूर्व मेयर किरण सिंहको शव फेला परेको छ । तिलौराकोट…



ghanashyam