मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु
रोल्पा : माडी गाउँपालिकामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। शनिबार साँझ भएको दुर्घटनामा परिर्वतन गाउँपालिका–५ राँकोटका ३० वर्षीय मनिपाल बुढाको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी थमन जिसीका अनुसार रोल्पाको माडी गाउँपालिकाको घर्तीगाउँबाट परिर्वतन गाउँपालिकाको इरिवाङ जाँदै गरेको रा ४ प ४८१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई तार्केबाङ नजिक दुर्घटना भएको हो।
कच्ची, साँघुरो र चिप्लो सडकका कारण दुर्घटना भएको हुन सक्ने प्रहरीको अनुमान छ।
हराएका पूर्व मेयर मृत फेला
साउन २४, २०८३
कृष्णनगर, २४ साउन । अस्ति शुक्रबार दिउँसोदेखि हराइरहेका कपिलवस्तु नगरपालिकाका पूर्व मेयर किरण सिंहको शव फेला परेको छ । तिलौराकोट…



ghanashyam