भरतपुरमा विजयसँगको मतान्तर बढाउँदै रेनु, लागिन् २७५ मतले अगाडि
काठमाडौं : भरतपुर महानगरपालिकामा गठबन्धनको तर्फबाट माओवादीकी उम्मेदवार रेनु दाहालले अग्रता बढाएकी छन्।
२० हजार ६ सय ९६ मतगणना गर्दा रेनुले ७ हजार १२ मत ल्याएकी छन् भने एमालेका विजय सुवेदीले ६ हजार ७ सय ३७ मत ल्याएका छन्। रेनु र विजयबीचको मतान्तर २७५ को छ।
गठबन्धन विरुद्धका बागी उम्मेदवार जगन्नाथ पौडेलले ३ हजार ४ सय २० मत ल्याएका छन्।
यस्तै, उपमेयरमा गठबन्धनको तर्फबाट कांग्रेस उम्मेदवार चित्रसेन अधिकारीले ८ हजार ५ सय १५ मत ल्याएर अग्रता कायमै राखेका छन्। राप्रपाकी हिमला गुरुङले ५ हजार ५ सय ५२ मत ल्याएर कांग्रेसका अधिकारीलाई पछ्याइरहेकी छन्।
हराएका पूर्व मेयर मृत फेला
साउन २४, २०८३
कृष्णनगर, २४ साउन । अस्ति शुक्रबार दिउँसोदेखि हराइरहेका कपिलवस्तु नगरपालिकाका पूर्व मेयर किरण सिंहको शव फेला परेको छ । तिलौराकोट…



ghanashyam