निर्वाचनपछि बाणगंगामा बस्यो पहिलो कार्यपालिकाको बैठक
कपिलवस्तु ।
स्थानिय तहको निर्वाचनपछि बाणगंगामा पहिलो कार्यपालिकाको बैठक सम्पन्न भएको छ । नगरपालिकाको सभाहलमा बसेको ११५ औँ तथा स्थानिय तहको निर्वाचन पछिको बैठकले बिभिन्न निर्णय समेत गरेको छ ।
बैठकले स्थानिय तहको निर्वाचन सफलता पुर्वक सम्पन्न गर्न सहयोग गर्ने प्रहरी, प्रशासन, शिक्षक, नगर कर्मचारी, उम्मेदवार, पत्रकार तथा नगरबासीलाई धन्यवाद ज्ञापन गरेको छ ।
साथै बैठकले आर्थिक बर्ष २०७८÷७९ मा सम्झौता नभएका योजना भए तत्काल सम्झौता गर्नुका साथै सम्झौता भइसकेका योजनाहरु तत्काल सम्पन्न गर्न सम्बन्धीत पक्षलाईृ निर्देशन दिने निर्णय भएको वडा नम्बर २ का वडाध्यक्ष बिष्णु पौडेलले बताए ।
बैठकमा नगर प्रमुख चक्र अर्याल, उप प्रमुख रिता चौधरी, प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थी, वडाध्यक्षहरुसहित कर्मचारीको सहभागिता रहको थियो । थप कार्यपालिकाको सदस्यका लागी यही जेठ १५ गते चुनाव हुदैछ ।
हराएका पूर्व मेयर मृत फेला
साउन २४, २०८३
कृष्णनगर, २४ साउन । अस्ति शुक्रबार दिउँसोदेखि हराइरहेका कपिलवस्तु नगरपालिकाका पूर्व मेयर किरण सिंहको शव फेला परेको छ । तिलौराकोट…



ghanashyam