कृष्णनगरको राहत : गुणस्तरहिन चामल

कृष्णनगर,कपिलवस्तु
कृष्णनगर नगरपालिकाले राहत वितरणको लागी खरीद गरेको चामल गुणस्तरहिन रहेको फेला परेको छ । आज आईतवार सर्वदलिय संयन्त्र र जिल्ला प्रशासनको अनुगमनले वितरणको लागी राखीएको चामल हेर्दा प्रयोग गर्न नमिल्ने खालको फेला परे पछी वितरण कार्य रोकीएको छ । यता नगरपालिकाले ति सबै सामाग्री फिर्ता गर्ने तयारी समेत गरेको वताईएको छ ।
अनुगमनले गुणस्तर नभएको फेला परे पछी फिर्ता गर्ने तयारी भएको छ । अहिले चार बटा वडामा यी सामाग्री पुगेका छन । त्यो वडा कार्यालयमा रहेको छ । त्याहा पठाएको सामाग्री गुणस्तर हिन भए नभएको जाच गरीने छ । यता जिल्ला प्रशासन कार्यालय कपिलवस्तुका प्रशासकिय अधिकृत मनोज शैनिले गोदाम रहेका चामलमा समस्या रहेको पाईएको बताउनुभयो । पहिलो लटका चामल ठिकै छ त्यस पछी आएका चामल गुणस्तर हिन रहेको पाईएको छ । ति सामाग्री फिर्ता गरी राहत वाढने निर्देशन दिएको वताउनु भयो । मेयरसाव र केही वार्ड अध्यक्षले एकलौटी ढंगवाट राहत सामाग्री खरीद भएको आरोप छ । मैले सुरु वाट प्रकृयाको विरोध गरेको थिए । यो वारेमा मेरो संलग्नता छैन । त्यही विरोध पछी २८ गते राहत वितरण टोलीमा मलाई संयोजक वनाईएको थियो । आज प्रशासन र सर्वदलिय प्रतिनीधीको अनुगमन गर्दा चामल गुणस्तर हिन रहेको पाईएको छ । खरीद गर्दा वजार मुल्य भन्दा वढी रहेको छ । हाललाई गुणस्तर सामाग्री लिई राहत वाडीने उपमेयर शवनम खातुनले वताउनु भयो ।
चैत्र २१ गते कोटेशन मागे पनी एक जनाको मात्र कोटेशन परे पछी रद्ध गरीएको थियो । पछी ३ कोटेशन लिई चामल खरीद गरीएको थियो । निगाली खाद्य उद्योगवाट खाद्य सामाग्री खरीद भएको वताईएको छ । यता नगरपालिकाले कोटेशन नै गोप्य रुपमा निकालेको आरोप समेत लगाईएको छ । खरीद प्रकृयाकाका लागी नगर प्रमुख रजत प्रताप शाहले कृष्णनगर नगरपालिका वडा नं. ६ का वार्ड अध्यक्ष अनुप कुमार शुक्लालाई राशन खरीदको जिम्मा दिएका थिए । चामल गुणस्तर हिन फेला परे पछी खरीद गर्ने कर्मचारी माथी शंकाले घेराले हेर्न थालीएको छ ।
गुणस्तर चेक नगरी चामल प्याकेजिंग गरे पछी मिलेमतो हुन सक्ने संभावना देखीएको नेकपाका नेता जावेद आलम खां ले वताउनु भयो । वजार रेट भन्दा महंगोमा खरिद भएको छ । प्रकृयामा सामेल रहेकालाई समेत छानविन गरीनु पर्ने खाँले वताउनु भयो । समाजवादी पार्टीका प्रदेश प्रवक्ता अकरम पठानले जनताको स्वास्थ्य माथि खेलवाड गर्न नहुने बताउनुभयो । राहतमा भष्ट्रचार गरे जस्तोसुकै कदम पनि चाल्न सकिने उहाँले जनाउनुभयो । चामल गुणस्तरीयहिन रहेकोले तुरुन्त फिर्ता गरी राम्रो ल्याउन सुझाव दिनुभयो । गुणस्तर हिन भएमा ति तत्काल फिर्ता गरीने कृष्णनगर नगरपालिकाका मेयर रजत प्रताप शाहले वताउनु भयो ।

TOP