चुलाेकाे नाममा कराेडाैकाे कपडा तस्करि,एजेन्टको सम्लग्नता भएको आशंका
कपिलवस्तु । भारतबाट पैठारी गरेकाे ग्यांस चुलाेकाे ट्रकमा कराेडाैंका महंगा कपडा बरामद भएकाे छ। विहिवार भारतबाट नेपाल ल्याउने क्रममा शंकाकाे घेरामा राखि शनिबार चेकजाच गर्ने क्रममा कराेडाैकाे कपडा भेटिएकाे हाे ।एजेन्टले ट्रकमा ग्यांस चुलाे रहेकाे भन्दै प्रज्ञापन गराउंदा शंका लागेपछि भन्सार कार्यालयकाे यार्डमा चेकजांच गर्दा २५० ओटा ग्यांस चुलाे र २०२ पाेका महंगा कपडा बरामद भएकाे छ ।
भन्सार छली गरि भित्र्याउन लागिएकाे कराेडाैंकाे कपडा शुलभ इन्टरप्राइजेज काठमाडौंकाे नाममा २७ सय १० पिसकाे कुल १० लाख ८४ हजारकाे मात्र बिलिङ्गमा भारतीय कस्टम काे इक्जिम काेड १२७५११६७००१५० एनपी बाट निकासी गरिएकाे थियाे । भारतमा कस्टम गर्दा ग्यांस चुलाे नै थियोे तर कृष्णनगर भन्सारमा भएकाे कपडा बरामदबारे आफुलाई जानकारी नभएकाे सिएचए (कस्टम एजेन्ट) ले बताएका छन ।
संचारकर्मीहरुले कस्टम सुपरिटेन्डेन्ट पियुष पाण्डेसंग यो बिषयमा बुझ्न खोज्दा आफ्नाे कमजाेरि लुकाउदै केही बाेल्न नमानेकाे र साथै कस्टमबारे कुनैपनि जानकारी लिन माथिल्लो निकायमा सम्पर्क गर्न अनुराेध गरे । कुनैपनि मालवाहक गाडी नेपालमा पैठारी हुंदा भारतकाे कस्टम गरिसकेपछि एसएसबीले पनि चेकजाँच गर्छ त्यसपछि बार्डर कस्टम निरिक्षकले पनि जाँच गरि मात्र नेपाल भित्रिने गर्दछ । कस्टम लगायत अन्य निकायहरुकाे लापरवाहीले कराेडाैंकाे कपडा ग्यांस चुलाेकै नाममा कस्टम गरि नेपाल पठाइयाे । भारतीय कस्टमले यस्तै लापरवाही गर्छ भने भाेलीका दिन कुनै बिस्फाेटक पदार्थ नेपाल भित्रिनेछ र दुईदेश बीचकाे सम्बन्धमा असर पर्न सक्ने स्थानियकाे भनाई छ ।
कृष्णनगर भन्सार कार्यालयका प्रमुख जनार्दन पाैडेलले राज्यकाे लाखौंकाे राजस्व छलि हुनबाट जाेगिएको बताउनुभयो ।
उनले भन्सार यार्डसम्म पुगेकाे अवैध कपडा अहिले नियन्त्रणमा रहेकाे र सबै प्रक्रिया पूरा गरि २ सय प्रतिशत जरिवाना लगाइने छ साथै हकदाबी नभएमा लिलाम गर्न सकिने बताउनुभयाे ।
भन्सार अधिकृत बिकास उपाध्यायले बिहिवार सांझ २७ सय १० गाेटा ग्यांस चुलाेकाे कस्टमका आधारमा एच आर ५५ ए ५६४८ भारतीय ट्रक प्रज्ञापन गराउन आउंदा शंकाका आधारमा चेकजाँचपछि नै पैठारी गर्न यार्डमा थन्काइयाे पछि चेकजाँच गर्दा ग्यास चुलाेकाे ट्रकमा अनुमानित करोडौंकाे महंगा कपडाहरु बरामद गरिएकाे थियाे जसकाे अनुसान्धान भइ कार्यवाही अगाडि बढाइने बताउनुभयाे । शुलभ इन्टरप्राइजेज अमित कुमार धाेबीकाे नाममा दर्ता रहेकाे र अबैध कपडाकाे प्राज्ञापन विरेन्द्र यादवकाे नाममा रहे पनि पास गराउना दिनेश चाैहानले लगेकाे कृष्णनगर भन्सारले जनाएकाे छ ।
भन्सारले नियन्त्रणमा लिएकाे कपडा कृष्णनगरकै कपडा व्यवासायी सुरेका कन्सर्नकाे रहेकाे र काठमाडौंमा रहेका डिलरहरुलाई पठाउन लागिएकाे थियाे । शुलम इन्टरप्राइजेज सुरेका कन्सर्नकाे नजिकका मान्छेकाे नाममा दर्ता भई काठमाडौंकाे कपडा डिलरहरूसंग भारतीय कपडाकाे थाेक व्यावसाय गर्न चोरी निकासी हुने गरेको स्राेतले जनाएकाे छ ।

हराएका पूर्व मेयर मृत फेला
साउन २४, २०८३
कृष्णनगर, २४ साउन । अस्ति शुक्रबार दिउँसोदेखि हराइरहेका कपिलवस्तु नगरपालिकाका पूर्व मेयर किरण सिंहको शव फेला परेको छ । तिलौराकोट…



ghanashyam