चकलेट दिएर बालिकालाई जबरजस्ती करणी गर्न खोजेको आरोपमा एक जना पक्राउ
अर्घाखाँची – अर्घाखाँचीमा सात वर्षीया बालिकालाई चकलेट दिएर जबरजस्ती करणी गर्न खोजेको आरोपमा एक जना पक्राउ परेका छन् ।
मालारानी गाउँपालिका ७ भेडीखोराका ३८ वर्षीय कमल महतले सात वर्षीया बालिकालाई चकलेट खुवाउने बहाना फकाएर जबरजस्ती करणी गर्न खोजेको आरोपमा प्रहरीले पक्राउ गरेको हो । महतले जेठ १३ गते दिउँसो ३ बजेको समयमा बालिकालाई चकलेट खुवाउने बहाना बनाएर गोठमा लगेर जबरजस्ती करणी गर्न खोजेको जाहेरीमा उल्लेख गरिएको प्रहरी निरीक्षक शंकर खड्काले जानकारी दिनुभयो ।
महतलाई पक्राउ गरी प्रारम्भिक अनुसन्धानपछि जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।
हराएका पूर्व मेयर मृत फेला
साउन २४, २०८३
कृष्णनगर, २४ साउन । अस्ति शुक्रबार दिउँसोदेखि हराइरहेका कपिलवस्तु नगरपालिकाका पूर्व मेयर किरण सिंहको शव फेला परेको छ । तिलौराकोट…



ghanashyam