काठमाण्डाैलाई बनाउन यहीँकै मान्छे प्रधानमन्त्री र मन्त्री बन्नुपर्ने हाे ? : सांसद श्रेष्ठ
काठमाण्डाै – नेकपा (एकीकृत समाजवादी) का सांसद जीवनराम श्रेष्ठले काठमाण्डाैलाई बस्न योग्य राजधानी बनाउनुपर्ने बताउनुभएको छ ।
आज बिहीवार प्रतिनिधि सभाको बैठकमा आउँदाे आर्थिक वर्षकाे राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमा भाग लिँदै सांसद श्रेष्ठले यस्तो बताउनुभएको हो । उहाँले काठमाण्डाैवासी नै प्रधानमन्त्री र महत्त्वपूर्ण मन्त्री हुनुपर्ने हो भन्दै प्रश्न गर्नुभयो । उहाँले सरकारको ध्यान राजधानी बनाउने कुरामा जान नसकेको पनि बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘काठमाण्डाैलाई व्यवस्थित गर्न फ्लाइओभर राख्ने, अन्डरपास बनाउने कुराहरू आइरहेकाे छ तर यो कार्यान्वयनमा जान सकिरहेको छैन । देशको राजधानी भनेको अनुहार हो । सबैले पहिला हेर्ने भनेको राजधानी हो । काठमाण्डाै बनाउन काठमाण्डाैबाट नै प्रधानमन्त्री बन्नुपर्ने हो कि ? राजधानीबाट नै महत्त्वपूर्ण मन्त्रीहरू हुनुपर्ने हो कि ? त्यसपछि मात्रै यो राजधानी बन्ने हो कि ? सरकारको ध्यान राजधानी बनाउने कुरामा किन जान सकिरहेको छैन ? याे चिन्ताकाे विषय हाे । बस्न योग्य राजधानी बनाउनु पर्याे । काठमाण्डाैमा पाँच मिनेट हिँडेर घुमौँ भन्ने वातावरण छैन ।’
सांसद श्रेष्ठले काठमाण्डाैलाई बस्न, घुम्न, हेर्न र हिँडडुल गर्नसक्ने राजधानी बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले काठमाण्डाै जस्तो सांस्कृतिक सहरलाई मौलिकता कायम गर्ने गरी विकासका योजना अघि बढाउनुपर्ने बताउनुभयाे ।
हराएका पूर्व मेयर मृत फेला
साउन २४, २०८३
कृष्णनगर, २४ साउन । अस्ति शुक्रबार दिउँसोदेखि हराइरहेका कपिलवस्तु नगरपालिकाका पूर्व मेयर किरण सिंहको शव फेला परेको छ । तिलौराकोट…



ghanashyam