टेकुकाे पेट्राेल पम्पमा विस्फाेट, २ जना घाइते
काठमाण्डाै – टेकुको पेट्रोल पम्पमा इन्धन राख्ने ट्याङ्कीमा ग्यास विस्फोट हुँदा दुई जना घाइते भएका छन् ।
कनक पेट्रोल पम्पको ट्याङ्कीमा ग्यास विस्फोट हुँदा पर्सा जगन्नाथपुर गाउँपालिका ३ घर भइ काठमाण्डाैकाे कालीमाटी बस्ने ३० वर्षीय किशोरी साह र १८ वर्षीय दीपककुमार साह घाइते भएका प्रहरीले जनाएको छ । घाइते दुवै जनाको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।
आज आइतवार बेलुका पाँच बजेतिर ट्याङ्की मर्मत गर्ने क्रममा ग्यास विस्फाेट भएको प्रहरीको भनाइ छ ।
हराएका पूर्व मेयर मृत फेला
साउन २४, २०८३
कृष्णनगर, २४ साउन । अस्ति शुक्रबार दिउँसोदेखि हराइरहेका कपिलवस्तु नगरपालिकाका पूर्व मेयर किरण सिंहको शव फेला परेको छ । तिलौराकोट…



ghanashyam