हाम्रै कारण काेराेना नियन्त्रणमा सफलता : ओली
काठमाडौं : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले कोभिडविरुद्धको लडाइँमा नेपालले छिटो सफलता हासिल गरेको दाबी गरेका छन्।
पुष्प बरुवाल स्मृति फाउण्डेशनले मंगलबार भक्तपुरको बालकोटस्थित ओली निवासमा गरेको एक कार्यक्रममा बोल्दै कोभिड संकटका वेला आफू नेतृत्वको सरकारले जनताको जीवन रक्षालाई पहिलो भन्ने नारा दिएर त्यसविरुद्धको लडाइँमा धेरै मुलुकले भन्दा बढी छिटो सफलता हात परेको बताएका हुन्।
देशले आर्थिक गतिविधिलाई पहिलो प्राथमिकता दिए पनि आफू नेतृत्वको तत्कालीन सरकारले भने जनताको जीवन सुरक्षालाई पहिलो प्राथमिकता दिएर कोभिडको रोकथाम र नियन्त्रणसहित स्वास्थ्य क्षेत्रमा नै तीव्र प्रगति गर्न सफल भएको बताए।
ओलीले तत्कालीन समयमा आफ्नो जीवनको सुरक्षाको पर्वाह नगरी कोभिड संक्रमितको उपचारमा केन्द्रित भएको भन्दै नेपालका स्वास्थ्यकर्मीको पनि प्रशंसा गरे। बिरामीहरूलाई अक्सिजनको व्यवस्था गर्न सरकारले विमानबाट सिलिन्डर समेत झिकाउनु परेको अध्यक्ष ओलीले स्मरण गराए।
‘चिकित्सकहरूले आफ्नै जीवनको सुरक्षाको समेत पर्वाह नगरी उपचार उपलब्ध गराउनु भएको थियो। हामीले जति यसलाई गम्भीरताका साथ लियौं र छोटो समयमै स्वास्थ्यक्षेत्रमा तीव्र गतिमा प्रगति गर्यौं। राजनीतिक स्वार्थभन्दा माथि उठियो’‚ उनले भने, ‘अर्थतन्त्र पहिलो भन्ने देश पनि थिए तर हामीले स्वास्थ्य पहिलो प्राथमिकता, मानव जीवन पहिलो भन्ने नारा दिएर कोभिडविरुद्धको लडाइँमा सफलता पायौं।’
अमेरिकामा कोभिड संक्रमणपछि निधन भएका बरुवालको सन्दर्भ स्मरण गराउँदै अध्यक्ष ओलीले त्यस अवधिमा नेपालले भने अस्पतालको विस्तारमा समेत उल्लेख्य प्रगति गरेको बताए।
हराएका पूर्व मेयर मृत फेला
साउन २४, २०८३
कृष्णनगर, २४ साउन । अस्ति शुक्रबार दिउँसोदेखि हराइरहेका कपिलवस्तु नगरपालिकाका पूर्व मेयर किरण सिंहको शव फेला परेको छ । तिलौराकोट…



ghanashyam