अमेरिका भ्रमणबारे संसदीय समितिले प्रधानमन्त्री देउवासँग जवाफ माग्ने
काठमाडौं : संघीय संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले प्रधानमन्त्री शेरबहादुर देउवासँग आगामी अमेरिका भ्रमणबारे जवाफ माग्ने भएको छ।
प्रधानमन्त्री देउवाले अमेरिकाको भ्रमण गर्न लागेको र भ्रमणका क्रममा अमेरिकाको स्टेट पार्टनरसिप कार्यक्रम एसपीपीमा सम्झौता गर्ने चर्चा चलेसँगै समितिले देउवालाई समितिमा बोलाएको हो।
आज बिहान १० बजे सिंहदरबारमा बस्ने गरी बोलाइएको बैठकमा अमेरिका भ्रमण र एसपीपीबारे जवाफ माग्ने तयारी रहेको समितिकी सभापति पवित्रा निरौला खरेलले जानकारी दिइन्। प्रधानमन्त्री देउवाले अमेरिका भ्रमणको तयारी गरेको चर्चा भए पनि सरकारले आधिकारिक रुपमा यो विषय सार्वजनिक गरेको छैन्।
एसपीपीबारे भने परराष्ट्रमन्त्री डा. नारायण खड्काले समिति बैठकमा उपस्थित भएर अब यो च्याप्टर क्लोज भइसकेको जवाफ दिएका छन्।
हराएका पूर्व मेयर मृत फेला
साउन २४, २०८३
कृष्णनगर, २४ साउन । अस्ति शुक्रबार दिउँसोदेखि हराइरहेका कपिलवस्तु नगरपालिकाका पूर्व मेयर किरण सिंहको शव फेला परेको छ । तिलौराकोट…



ghanashyam