‘नेता हुँ भनेर छाती पिट्ने माधव नेपाललाई टालो बनाएर फाल्दा कस्तो लागेको होला’
काठमाडौं : नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाललाई आफूले बनाएका मन्त्रीहरुले नै टालो बनाएर फालिदिएको बताएका छन्।
सामाजिक सञ्जालमा अध्यक्ष नेपालविरुद्ध कटाक्ष गर्दै बाँस्कोटाले लेखेका छन्, ‘हिजो ओली को हो र उनको निर्णय मान्नु पर्ने म नेता हुँ नेता भनेर छाती पिट्ने माधव नेपाललाई आज उनकै निर्णय उनकै मन्त्रीहरुले टालो बनाएर फाल्दिदा कस्तो लागेको होला। म्यादी भित्र जादा उमेदवार बाहिर निस्कने उमेदवार मन्त्रीभित्र जादा म्यादी निस्कने दृष्य एक हप्तादेखि सदनमा देख्न पाइएकै छ।’
एकीकृत समाजवादीले आफ्ना चार मन्त्रीलाई फिर्ता बोलाएर नयाँ मन्त्रीको नाम पठाए पनि प्रधानमन्त्री शेरबहादुर देउवाले अझै कार्यान्वयन गरेका छैनन्।
हराएका पूर्व मेयर मृत फेला
साउन २४, २०८३
कृष्णनगर, २४ साउन । अस्ति शुक्रबार दिउँसोदेखि हराइरहेका कपिलवस्तु नगरपालिकाका पूर्व मेयर किरण सिंहको शव फेला परेको छ । तिलौराकोट…



ghanashyam