३० हजार घुस लिँदा समातिएका अमिनमाथि भ्रष्टाचार मुद्दा
काठमाडौं : सेवाग्राहीबाट घुस लिँदै गरेको अवस्थामा पक्राउ परेका भैरहवास्थित नापी कार्यालयका अमिन टेकबहादुर रायमाझीविरुद्ध भ्रष्टाचारको मुद्दा दर्ता भएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रायमाझीविरुद्ध आइतबार विशेष अदालत काठमाडौंमा मुद्दा दर्ता गरेको हो। रायमाझीलाई गत जेठ १७ गते जग्गाका हाल साविक गर्न सेवाग्राहीसँग ३० हजार रूपैयाँ घुस लिइसकेको अवस्थामा आयोगको कार्यालय बुटवलबाट खटिएको टोलीले नियन्त्रणमा लिएको थियो।
उनीविरुद्ध ३० हजार रूपैयाँ बिगो कायम गरी सजाय माग गरिएको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए।
हराएका पूर्व मेयर मृत फेला
साउन २४, २०८३
कृष्णनगर, २४ साउन । अस्ति शुक्रबार दिउँसोदेखि हराइरहेका कपिलवस्तु नगरपालिकाका पूर्व मेयर किरण सिंहको शव फेला परेको छ । तिलौराकोट…



ghanashyam