नवनियुक्त मन्त्रीले लिए शपथ
काठमाडौं : नवनियुक्त मन्त्रीहरुले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पद तथा गोपनीयताको सपथग्रहण गरेका छन् ।
जनता समाजवादी पार्टी (जसपा) का तर्फबाट नियुक्त भएका मन्त्रीहरुले सपथ ग्रहण गरेका हुन्। नवनियुक्त मन्त्रीहरूमा मृगेन्द्रकुमार सिंह यादव, मोहम्मद इस्तियाक राई र प्रदीप यादव रहेका छन्।
सिंहलाई कृषि तथा पशुपन्छी विकास, राईलाई भौतिक पूर्वाधार तथा यातायात र यादवलाई वन तथा वातावरण मन्त्रालयको जिम्मा दिइएको छ। जसपा अध्यक्ष उपेन्द्र यादवले आइतबार साँझ प्रधानमन्त्री शेरबहादुर देउवालाई फिर्ता बोलाउने र नयाँ मन्त्रीको नाम बुझाएका थिए।
जसपाले कृषि मन्त्री रहेका महिन्द्रराय यादव, भौतिक पूर्वाधार मन्त्री रेणु यादव र वन तथा वातावरण मन्त्री रामसहाय प्रसाद यादवलाई फिर्ता बोलाएको हो। उनीहरुसँगै नियुक्त भएका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र श्रेष्ठलाई भने यथावत राखिएको छ।
हराएका पूर्व मेयर मृत फेला
साउन २४, २०८३
कृष्णनगर, २४ साउन । अस्ति शुक्रबार दिउँसोदेखि हराइरहेका कपिलवस्तु नगरपालिकाका पूर्व मेयर किरण सिंहको शव फेला परेको छ । तिलौराकोट…



ghanashyam