नेपालकाे अर्थतन्त्र श्रीलंकाको बाटोमा गइराखेको छ भनेर सुनियोजित हल्ला चलाइएको छ : सञ्चारमन्त्री कार्की
काठमाण्डाै – सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले देशको अर्थतन्त्र संकटमा फसेको श्रीलंकाको बाटोतर्फ गइरहेको छ भन्ने भनाइमा कुनै सत्यता नरहेको बताउनु भएको छ ।
नेपाल सरकारका प्रवक्ता समेत रहनु भएका मन्त्री कार्कीले देशको अर्थतन्त्र श्रीलंकाको बाटोमा गइरहेको छ भनेर भ्रममा पार्ने कोसिस भइरहेको उल्लेख गर्दै त्यसबाट मुक्त हुन पनि सबैलाई आग्रह गर्नु भयो । शनिबार सुनसरीको इनरुवामा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले देशको अर्थतन्त्रलाई श्रीलंकाको बाटोमा जान नदिन सरकार सचेत रहेको पनि पटकपटक दोहोर्याउनुभयो ।
मन्त्री कार्कीले सबैले एकतावद्ध ढंगले प्रयास गरे देशको अर्थतन्त्रलाई छिट्टै सवल बनाउन सकिने दावी समेत गर्नु भयो ।
‘नेपालकाे अर्थतन्त्र श्रीलंकाको बाटोमा गइराखेको छ भनेर एउटा सुनियोजित हल्ला चलाइएको छ । त्यो हल्लामा कुनै सत्यता छैन । त्यसैले हामीले श्रीलंकाको उदाहरणबाट सचेत होऔँ । तर देशको अर्थतन्त्र श्रीलंकाको तर्फ जाँदैछ भन्ने कुराको भ्रममा नपर्नका निमित्त म सबैलाई आग्रह गर्न चाहन्छु’, उहाँले भन्नु भयो, ‘देशको अर्थतन्त्रमा चुनौतीहरु छन । ती चुनौतीहरुलाई हामीले सामना गर्नु पर्दछ । हाम्रो अर्थतन्त्र संकटपूर्ण होइन, चुनौतीपूर्ण होइन । हाम्रो अर्थतन्त्र सबल अर्थतन्त्रको रुपमा, गतिशील अर्थतन्त्रको रुपमा, लय पक्रेको अर्थतन्त्रको रुपमा अगाडि बढन सक्दछ ।’
हराएका पूर्व मेयर मृत फेला
साउन २४, २०८३
कृष्णनगर, २४ साउन । अस्ति शुक्रबार दिउँसोदेखि हराइरहेका कपिलवस्तु नगरपालिकाका पूर्व मेयर किरण सिंहको शव फेला परेको छ । तिलौराकोट…



ghanashyam