कोभिड-१९ अस्पतालमा करारका स्वास्थ्यकर्मीले अब तलब नपाउने
काठमाडौं : कोरोना संक्रमण नियन्त्रण तथा संक्रमितको उपचारका लागि भन्दै ल्याइएको ६४९ स्थानीय तहका कोभिड-१९ अस्थायी अस्पतालमा कार्यरत चिकित्सक तथा अन्य स्वास्थ्यकर्मीले साउन १ गतेदेखि पारिश्रमिक नपाउने भएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा सचिव देवकुमारी गुरागाई र सचिव डा. रोशन पोख्रेलको उपस्थितिमा बिहीबार मन्त्रालयमा भएको बैठकले साउन १ गतेबाट ६४९ स्थानीय तहमा रहेका स्वास्थ्यकर्मीलाई साउन १ गतेदेखि तलब नदिने निर्णय गरेको हो।
तर काठमाडौं उपत्यकामा कोरोनाको उपचार गर्न तोकिएका शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल र वीर अस्पतालमा हाल कार्यरत करारका स्वास्थ्यकर्मीको सेवा अवधि पुस मसान्तसम्म थप्ने निर्णय भने मन्त्रालयले गरेको छ।
कोभिड-१९ मोडरेट र गम्भीर बिरामीको उपचारका लागि सातै प्रदेशमा अस्पताल पनि तोकेको छ। अस्पताललाई ‘केस’ बेसका आधारमा उपचार खर्च उपलब्ध गराउने जानकारी मन्त्रालयले दिएको छ।
हराएका पूर्व मेयर मृत फेला
साउन २४, २०८३
कृष्णनगर, २४ साउन । अस्ति शुक्रबार दिउँसोदेखि हराइरहेका कपिलवस्तु नगरपालिकाका पूर्व मेयर किरण सिंहको शव फेला परेको छ । तिलौराकोट…



ghanashyam