काेविडकाे वेला लगाइएकाे तारवार हटाइयाे
कपिलवस्तु । काेविड महामारीमा नेपाल -भारत सिमा बन्द भएकाे बेला लगाइएकाे तारवार दुई देशका सुरक्षा निकायकाे सहमतिमा हटाइएकाे छ । काेविड संक्रमणका बेला देशभरि लकडाउन र अन्तर्राष्ट्रिय सिमा बन्द गरिएकाे थियाे ।
त्यसैबेला जिल्लाकाे कृष्णनगर बढनी बार्डर क्षेत्रकाे दशगजामा मान्छे ओहाेरदाेहाेर राेक्न लगाइएका तारवार दुई देशका सुरक्षा प्रमुखकाे आपसी समझदारीमा हटाइएकाे छ ।
भारत तर्फका जिल्ला सिद्धार्थनगर सहायक जिल्ला अधिकारी उत्कर्ष श्रीवास्तव , एसएसबी बलरामपुरका कमान्डेन्ट अशाेक विस्वास र नेपालका तर्फबाट सशस्त्र प्रहरी उपरिक्षक सुर्य बहादुरसेन ओलीकाे समन्वयात्मक बैठकमा काेविडका समय सिमा बन्द गर्न भारतकाे एसएसबीले लगाइएकाे तारवार तथा अस्थायी चेकपाेष्ट हटाउने सर्वसम्मतले निर्णय गरिएकाे स्राेतले जनाएकाे छ ।

जिल्लामै सबभन्दा नजिककाे बजार कृष्णनगर र बढनी रहेकाेले आन्तरिक सुरक्षाका साथै सिमा सुरक्षा पनि राष्ट्रिय चासाेकाे बिषय नै रहेकाे हुनले दशगजा क्षेत्रमा आवश्यक समन्वय र सहकार्य गरि नै अगाडि बढ्दै आइएकाे बिओपी कृष्णनगरका प्रमुख प्रकाश आचार्यले बताउनुभयाे ।
नेपाल-भारतकाे खुला सिमानाका कारण तस्कारी नियन्त्रण तथा सुरक्षा चुनाैति एवं दुई देशबीचकाे सुरक्षामा दखल गर्ने अपराधिक क्रियाकलाप नियन्त्रण गर्न सुरक्षा निकायहरुकाे पारस्परिक बैठकले उल्लेखनीय भुमिका खेल्दै आएकाे छ ।
हराएका पूर्व मेयर मृत फेला
साउन २४, २०८३
कृष्णनगर, २४ साउन । अस्ति शुक्रबार दिउँसोदेखि हराइरहेका कपिलवस्तु नगरपालिकाका पूर्व मेयर किरण सिंहको शव फेला परेको छ । तिलौराकोट…



ghanashyam