बाणगंगाका किसानलाई अनुदानमा विद्युतिय च्याफकटर
कपिलवस्तु । कपिलवस्तुको बाणगंगा नगरपालिकाले पशुपालन गर्ने किसानको लागी थप सहायता सामग्रि गरेको छ । पशुपालन गर्ने किसानहरु लाई विशेष सहयोग पुग्ने उद्देश्यले ७० प्रतिशत अनुदानमा विद्युतिय च्याफकटर (चारा मेशिन) प्रदान गरेको हो ।
पशुको लागी चारो काट्ने हाते मेसीन भन्दा पनि विद्युतिय मेसीन थप सहयोगी हुने भएकाले यस्तो मेसीन प्रदान गरीएको नगर प्रमुख चक्रपाणि अर्याले बताउनु भयो । गत मंसिरमा उक्त मेसीनको लागी खुलाइएका आवेदनमा २२ जनाको आवेदन परे पनि छनोटका विभिन्न प्रक्रिया पुरा गर्दा ८ जना कृषकको लागी उक्त मेसीन प्रदान गरीएको अर्यालको भनाई छ ।
किसानलाई उक्त कृषि उपकरणले लागत घट्ने, उत्पादन बढ्ने हुँदा यसले किसानालाई प्रत्यक्ष फाईदा पुग्ने नगर प्रमुख अर्यालको विश्वास छ । साथै उहाँले व्यवसायीक किसान बन्न यो सहयोगले थप प्रेरणा मिल्ने बताउनु भयो ।
यस्तै पशु शाखा प्रमुख राज कुमार तिवारीका अनुसार उक्त छनोट प्रक्रियामा पशुपालनमा लागेको समय, पशुपालन फर्म बाट भएको उत्पादन, उक्त फर्मले अन्य ब्याक्ति लाई दिएको रोजगारी, फर्मले वातावरणमा पारेको प्रभाव लगायत विभिन्न मापदणको आधारमा उक्त मेसीन प्रदान गरीएको बताउनु भयो ।
हराएका पूर्व मेयर मृत फेला
साउन २४, २०८३
कृष्णनगर, २४ साउन । अस्ति शुक्रबार दिउँसोदेखि हराइरहेका कपिलवस्तु नगरपालिकाका पूर्व मेयर किरण सिंहको शव फेला परेको छ । तिलौराकोट…



ghanashyam