प्रेस युनियनको महाधिवेशन आजदेखि हेटौंडामा, प्रधानमन्त्रीले उद्घाटन गर्ने
काठमाडौं : सत्तारुढ दल नेपाली कांग्रेस निकट पत्रकारहरुको संस्था नेपाल प्रेस युनियनको नवौँ राष्ट्रिय महाधिवेशन शुक्रबारदेखि सुरु हुँदैछ।
बागमती प्रदेशको राजधानी हेटौंडामा सुरु हुने महाधिवेशनको बिहान १० प्रधानमन्त्री एवं नेपाल कांग्रेसका सभापति शेरबहादुर देउवाले उद्घाटन गर्नेछन्।
महाधिवेशनमा नेपाल प्रेस युनियनका ७७ वटै जिल्ला शाखा, उपशाखा, काठमाडौँ उपत्यका समिति, विभिन्न प्रतिष्ठानबाट र सात वटै प्रदेश समितिका प्रतिनिधि र पर्यवेक्षक गरी एक हजार ६ सय ५० जनाको सहभागिता रहने छ।
भोलिसम्म चल्ने महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ। नयाँ नेतृत्व चयनका लागि आजै मनोनयन दर्ता गर्ने र भोलि निर्वाचन गर्ने तयारी छ। नयाँ नेतृत्वका लागि संस्थापन र इतरका गरी दुइ प्यानल छन्। संस्थापन पक्षले अध्यक्षको उम्मेदवार अनिता विन्दुलाई बनाएको छ, भने इतर पक्षबाट अध्यक्षमा शिव लम्साल छन्।
हराएका पूर्व मेयर मृत फेला
साउन २४, २०८३
कृष्णनगर, २४ साउन । अस्ति शुक्रबार दिउँसोदेखि हराइरहेका कपिलवस्तु नगरपालिकाका पूर्व मेयर किरण सिंहको शव फेला परेको छ । तिलौराकोट…



ghanashyam