काठ चोर्ने सेन बन महासंघको अध्यक्ष बन्दै


कपिलवस्तु, ६ साउन
ठेकेदार संग मिलेर आफ्नै सामुदायिक बनको काठ चोर्ने रेनु सेन बैज्ञानिक बन व्यवस्थापन उपभोक्ता राष्ट्रिय महासंघको अध्यक्ष बन्दैछिन् । साउन ७ गते रुपन्देहीको देवदहमा हुन गइरहेको बैज्ञानिक बन व्यवस्थापन उपभोक्ता राष्ट्रिय
महासंघको प्रथम राष्ट्रिय महाधिवेशनमा सेन पुनः अध्यक्ष बन्दैछिन् । हाल उनी तर्दथ समिति अध्यक्ष छिन् । सामुदायिक बन उपभोक्ता महासंघले बैज्ञानिक बन व्यवस्थापनको विरोध गरेपछि त्यसको काउन्टर स्वरुप तत्कालिन प्रदेश बन मन्त्रालयमा रहेका बन अधिकृत विजयराज सुवेदीले बैज्ञानिक बन कार्यक्रम संचालन गरेका सामुदायिक बनहरुको संजाल
बनाउन लगाएका थिए । राष्ट्रिय संजालकी अध्यक्ष सेनलाई बनाइएको थियो । विभिन्न जिल्लाका बन प्राविधिक तथा बन कर्मचारीकै सहयोगमा ४० जिल्लामा यसको समिति विस्तार
गरिएको थियो । सुवेदी कपिलवस्तु डिएफओ भएर आएलगत्तै यसलाई जिल्ला प्रशासन कार्यालयमा आधिकारिक संस्थाको रुपमा दर्ता समेत गराइएको छ । “यसलाई फेकोफनको काउन्टर स्वरुप खडा गरिएको हो तर नेतृत्व ठीक भएन” एक बन अधिकृतले भने । काठ चोरीमा मुछिएकी सेनलाई उपभोक्ताहरुले समिति बाटै हटाएका छन् । उनी माथि अख्तियारले छानबिन गरेको छ भने डिभिजन बन कार्यालय र समुदायले समेत सेनको मिलेमतो तथा कमजोरी देखाएको छ । यस्तो थियो काठ चोरीको घटना ः कपिलवस्तुको बाणगंगा नगरपालिका स्थित श्रृंङगीघाट सामुदायिक बनको अध्यक्ष रहेको बेला सेनले २०७७ भदौमा ९ सय ४० क्यूफिट काठ चोरेको आरोप छ । सामुदायिक बनले आ.ब. २०७६÷७७ मा स्वीकृत कार्यक्रम अनुसार श्रृंङगीघाट सामुदायिक बनले ६२ हजार क्यूफिट काठ कटान गर्न दिएको ठेक्काको ठेकेदार कृष्णगोपाल श्रेष्ठ (कोजु) तथा सामुदायिक बनकी अध्यक्ष रेनु
सेनकै संलग्नता रहेको स्थानीय उपभोक्ताको भनाई छ । सामुदायिक बनको सिवन एस वन प्लट र ढलापडा प्लटबाट गरि ९ सय ३९.४४ क्यूफिट काठ चोरी भएको थियो । तर
उपभोक्ता श्रोतका अनुसार ठेकेदार कृष्ण गोपाल कोजुले अध्यक्ष रेनु सेनको सहमतिमा २०७७ भदौ मा आफ्नो बाणगंगा ३ स्थित जयमहालक्ष्मी स–मिलमा लगेर त्यहिबाट चिरान गरि स्थानीय काठ व्यवसायीहरुलाई विक्री गरेका थिए । तरअध्यक्ष सेनले भने उक्त काठ सापटीको रुपमा कोजुलाई दिने र काठ खुल्ने बित्तिकै अन्यत्रबाट काठ सिधै घाटगद्धिमा ल्याई गोप्य रुपमा शोधभर्ना गर्ने गरि सहमति भएको श्रोतको दाबी छ । तर
२०७७ माघ १४ गतेको निर्णय अनुसार जंगल भित्रका गोलियाहरु घाटगद्दी सम्म ढुवानीआदेश पछि ढुवानीका क्रममा घाटगद्दी रजिष्टर तयार गर्ने बेलामा कटान रजिष्टर र घाट गद्दी
रजिष्टर मिलान गर्दा ढलापडा प्लटको ३ सय ६४ दशमलब ७० र वैज्ञनिक वन प्लटको ५ सय ७४ दशमलब ७४ क्युफिट गरि कुल ९ सय ३९ दशमलव ४४ क्युफिट काठ हराएको भेटिएपछि रहस्य सार्वजनिक भएको हो ।सामुदायिक बनले काठ हराएको प्रकरणमा वास्ता नगर्नु, डिभिजन बनलाई ढिलो
जानकारी गराउनु, र ठेकेदारलाई कारवाहीको सट्टा जरिवाना मात्र तिराएर छाड्ने निति लिनुले मिलेमतोको आरोपलाई प्रश्रय दिएको पाइन्छ । ठेकेदार कोजु तथा अर्का ठेकेदार गणेश सिंहलाई बन ऐनमा भएको फितलो कानून टेकेर प्रति क्यूफिट काठको न्यूतम दररेटको जरिवाना तोकेर छाड्ने तयारी भइरहेको बताइएको छ । चोरी भएको ९ सय ३९
क्यूफिटमा ८ सय क्यूफिट साल मात्र छ र अहिले सालको न्यूनतम रेट १५ सय छ भने बजारमा यो ४ हजार क्यूफिटमा बिक्री हुन्छ । बैज्ञानिक बन व्यवस्थापन उपभोक्ता राष्ट्रिय महासंघकी अध्यक्ष रेनु सेनलाई श्रृंङगीघाट सामुदायिक बनको अध्यक्ष हुने बेला समेत विभिन्न श्रोत नखुल्ने शिर्षकमा खाताबाट रकम निकालेको, सुराकी भन्दै १ लाख बढि रकम खर्च गरेको तर सुराकी कहाँ के गरे भन्ने जानकारी समितिलाई थाहा नभएको र प्रक्रया विनै सिधै कटानको ठेक्का कोजुलाई कमिशनमा दिएको आरोप सहित अध्यक्षबाट हटाएका थिए ।
बैज्ञानिक बन व्यवस्थापन उपभोक्ता राष्ट्रिय महासंघको अध्यक्ष बन्ने दाउमा रहेकी रेनुले प्रतिनिधी छनौटमा समेत एकलौटी गरेको जिल्लाका सामुदायिक बनहरुको आरोप छ । आफु संग नजिक रहेकाहरुलाई मात्र प्रतिनिधी बनाएको ६० जिल्लाका
सामुदायिक बनले बैज्ञानिक बन व्यवस्थापन गरेपनि ३० जिल्लाका सिमित प्रतिनिधी बोलाएको र गुपचुपमा राष्ट्रिय महाधिवेशन गर्न लागेको आरोप छ । तर कुनै पनि सामुदायिक बनकी प्रतिनिधी नै नभएको मान्छे कसरी अध्यक्ष बन्न मिल्छ भन्ने प्रश्न पनि र्तेसिएको छ । श्रृंङगीघाट सामुदायिक बनका अध्यक्ष शुशिल सिंह ठकूरीले रेनु सेन आफुहरुको बनको
प्रतिनिधी नभएको बताएका छन् । “उहाँ पहिला अध्यक्ष हुनुहुन्थ्यो, उहालाई हटाइयो अहिले म छु तर कसैले यसबारे जानकारी दिएको छैन” ठकुरीले भने ।

TOP