दुुई निलगाई मृत भेटिए
कपिलवस्तु बैशाख १५
कपिलवस्तुको कृष्णनगर नगरपालिका ८ लोहोरौलामा एक निलगाइ मृत अवस्थामा फेला परेको छ । सोमबार दिउँसो १ बजे इलाका प्रहरी कार्यालय वहादुरगन्जको टोलिले जालमा फसेको अवस्थामा फेला परेको थियो ।
उक्त स्थानबाट दुई वटा मोटरसाइकल समेत बेवारिसे अवस्थामा फेला परेको प्रहरी नायव निरीक्षक अभय रावतले बताउनुभयो । लु २५ प ५२२९ र लु २ प २३ नम्बर मोटरसाइकल बरामद गरिएको रावतले बताउनुभयो ।
प्रहरिले मृतक निलगाइ र मोटरसाइकल डिभिजन बन कार्यालय गौतमबुद्वलाई बुझाएको छ । थप अनुसन्धान भइरहेको डिभिजन वन अधिकृत दुर्गा बहादुर कार्कीले बताउनुभयो ।
गत सोमबार महाराजगंज नगरपालिका महाराजगंज ९ जितपुरमा शिकारीहरुले गोलि हानि निलगाई मारेका थिए । स्थानीय किसानले खेत किनारमा गोली लागि मरेको अवस्थामा निलगाई देखेपछि प्रहरीलाइ खबर गरेका थिए
हराएका पूर्व मेयर मृत फेला
साउन २४, २०८३
कृष्णनगर, २४ साउन । अस्ति शुक्रबार दिउँसोदेखि हराइरहेका कपिलवस्तु नगरपालिकाका पूर्व मेयर किरण सिंहको शव फेला परेको छ । तिलौराकोट…


