कपिलवस्तुको शुद्धोधनमा सर्पको टोकाइबाट एक जनाको मृत्यु

शुद्धोधन । कपिलवस्तुमा सर्पको टोकाईबाट एक बालकको मृत्यु भएको छ ।

सर्पको टोकाईबाट जिल्लाको शुद्धोधन गाउँपालिका २ मेहनिया बस्ने शिवपुजन चमारको छोरा १२ बर्षीय रबिन्द्र चमारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।

आईतबार आफ्नै घरको बिस्तारामा सर्पले टोकेर घाईते भएका चमारलाई उपचारको लागि सर्प दंश उपचार केन्द्र गोरुसिंगे तर्फ पठाईएको मा निजको उपचारको क्रममा आइतबार राति मृत्यु प्रहरीले बताएको छ ।

TOP