वीरगञ्जमा एटिएम मेसिन फोर्दाफोर्दै समातिए दुई युवक
काठमाडौं : पर्साको वीरगञ्जस्थित माछापुच्छ्रे बैंकको एटिएम मेसिन फुटाउँदै गर्दा दुईजना समातिएका छन्।
आइतबार राति करिब ११ बजे महानगरपालिका वडा नम्बर ८ स्थित एटिएम मेसिन फुटाउँदै गरेको अवस्थामा बारा जितपुर सिमरा-५ का २५ वर्षीय अजय चौधरी र कलैया उपमहानगरपालिकाका २७ वर्षीय राजकपुर चौधरी समातिएका हुन्।
गएराति प्रहरीले सूचना पाएलगत्तै वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको पर्साका प्रहरी नायव उपरीक्षक प्रह्लाद कार्कीले जानकारी दिए। उनका अनुसार दुवै जनालाई चोरीसम्बन्धी कसुरमा जिल्ला अदालत पर्साबाट ७ दिनको म्याद लिएर अनुसन्धान भइरहेको छ।
हराएका पूर्व मेयर मृत फेला
साउन २४, २०८३
कृष्णनगर, २४ साउन । अस्ति शुक्रबार दिउँसोदेखि हराइरहेका कपिलवस्तु नगरपालिकाका पूर्व मेयर किरण सिंहको शव फेला परेको छ । तिलौराकोट…



ghanashyam