क्यानडामा बन्धुकधारीको गोली प्रहारबाट दुईजनाको मृत्यु
काठमाडौं : क्यानडामा एक बन्दुकधारीले शृंखलाबद्ध गोली चलाउँदा दुई जनाको मृत्यु भएको छ। अन्य दुई जनालाई घाइते भएका छन्। प्रहरीको जबाफी कारबाहीमा आक्रमणकारी मारिएका छन्।
‘एक मात्र बन्दुकधारीले चार जनालाई गोली हानेका थिए’ लाङ्लीका प्रहरी प्रमुख गालिब भयानीले पत्रकार सम्मेलनमा भने। बन्दुक हमलामा गोली लागेकी महिलाको अवस्था गम्भीर रहेको र चौथो व्यक्तिको खुट्टामा गोली लागेको उनले बताए।
पीडित र संदिग्धहरूको पहिचान गर्न र तिनीहरूबीचको सम्भावित सम्बन्धबारे अध्ययन गरिरहेको प्रहरीले जनाएको छ।
छिमेकी देश अमेरिकामा सामूहिक गोलीकाण्डको भयावह अवस्था भएपछि क्यानडाका प्रधानमन्त्रीजस्टिन ट्रुडोले हाते बन्दुकको स्वामित्वमा कडाइको तयारी गरेका छन्।
हराएका पूर्व मेयर मृत फेला
साउन २४, २०८३
कृष्णनगर, २४ साउन । अस्ति शुक्रबार दिउँसोदेखि हराइरहेका कपिलवस्तु नगरपालिकाका पूर्व मेयर किरण सिंहको शव फेला परेको छ । तिलौराकोट…



ghanashyam