रवि लामिछानेसँग चुनाव लड्ने खेम भण्डारीको उद्घोष
काठमाडौं : पत्रकार खेम भण्डारीले राष्ट्रिय स्वतन्त्र पार्टीका संयोजक रवि लामिछाने निर्वाचन लड्ने क्षेत्रबाटै उम्मेदवारी दिने घोषणा गरेका छन्।
सामाजिक सञ्जाल फेसबुकमा लेख्दै भण्डारीले अगामी संघीय चुनावमा लामिछाने निर्वाचन लडेको क्षेत्रमा उम्मेदवारी दिने घोषणा गरेका हुन्।
‘अन्ततः रवि लामिछानेविरुद्ध संघीय चुनाव लड्ने निर्णयमा पुगियो १ नेपालको जुन निर्वाचन क्षेत्रमा रवि लडे पनि मेरो उम्मेदवारी रहन्छ।’ उनले निर्मला हत्या प्रकरणमा लामिछानेले गलत भूमिका खेलेको आरोप लगाउँदै यही आफ्नो चुनावी एजेन्डा हुने समेत उल्लेख गरेका छन्।
हराएका पूर्व मेयर मृत फेला
साउन २४, २०८३
कृष्णनगर, २४ साउन । अस्ति शुक्रबार दिउँसोदेखि हराइरहेका कपिलवस्तु नगरपालिकाका पूर्व मेयर किरण सिंहको शव फेला परेको छ । तिलौराकोट…



ghanashyam