गरिब, विपन्न र असहाय बालबालिकालाई शैक्षिक सामग्री

कपिलवस्तु । मधेश मानव अधिकार गृह (माहुरी होम) को आयोजनामा UNFPA को आर्थिक सहयोग र vso को सहकार्यमा कपिलवस्तु र रोल्पा जिल्लामा बाल विबाह अन्त्यका लागि किशोरी सशक्तिकरण परियोजना अन्तरगत गरीव विपन्न किशोर किशोरीहरुलाई शिक्षा हासिल गर्नमा सहयोगले विद्यालय भर्ना भई नियमित पठन पाठन गर्न सक्ने, किशोर किशारीहरुको समग्र बिकासका लागि उच्च शिक्षा हासिल गर्न सक्ने , गरीव पीडित असहायका वालबालिकाहरु पठन पाठनमा निरन्तरता पाउने, पढाई निरन्तर भएपछि बालविबाह वाट मुक्त हुने, समाजमा मान् सम्मानका दृष्टीकोणले, सबै सरह शिक्षा हासिल गर्न सक्नेका साथै आफुले चाहेको शिक्षा हासिल गर्नमा थप सहयोग हुनेछ भन्ने उद्देश्यले छात्रवृति स्वरुप बैग, कापी, कलम, डिक्सनरी, क्यालकुलेटर, पेन्सिल, कटर, इरेजर, स्केल, ज्यामिति बाक्स र कलरपेन लगायतका सामाग्री कपिलवस्तु जिल्लाको कपिलवस्तु नगरपालिकाको १२ जना किशोरी र ४ जना किशोर गरी १६ जनालाई संस्थाका वर्तमान अध्यक्ष प्रेम जयसवाल महासचिव संगीता चौरसिया कोषाध्यक्ष ओम प्रकाश पाण्डेय र संस्थापक अध्यक्ष रविन्द्रनाथ ठाकुर महासचिव माया ज्ञवाली कोषाध्यक्ष जय प्रकाश पाण्डेय संस्थाका कार्यकारी निर्देशक लक्ष्मी श्रेष्ठको उपस्थितिमा वितरण गरिएको ।

सहयोग शैक्षिक सामाग्री वितरणको उद्देश्य परियोजनाका जिल्ला सुपरभाइजर रिखिराम निगमले जानकारी दिनुभएको थियो भने पाएपछि त्यसको सदुपयोग र आवश्यकता संस्थापक अध्यक्ष रविन्द्रनाथ ठाकुरले दिनु भएको थियो ।

TOP