कपिलवस्तुको बाणगंगामा मृगाैला डायलासिस सेवा सुरू हुदैँ, बुटवल जान नपर्ने
बाणगंगा । गौतम बुद्ध सामुदायिक मुटु अस्पतालकाे संचालनमा कपिलवस्तु जिल्लाकाे बाणगंगा नगरपालिका १ बैरियामा मृगाैलाकाे डायलासिस सेवा सुरू हुने भएकाे छ ।
कपिलवस्तु डायलासिस सेन्टर जेशिस भवन बाणगंगा १ बैरियावाट १ हप्ता भित्रै संचालनमा आउने भएको छ । बैरियामा डायलासिस सेवा सुरू भएपछि कपिलवस्तु र अर्घाखाँचीका मृगाैला पिडित बिरामीहरू खुसी भएका छन ।
अस्पतालका अध्यक्ष एजाज आलमले विद्युत जडानको काम बाहेक अन्य सम्पुर्ण कामहरू पुरा भएको जानकारी दिनु भयो ।
बैरिया क्षेत्रमा बिजुली भोल्टेजको समस्या रहेकोले थप २५ केभिए चाहिने हुँदा नयाँ २०० केभिएको ट्रान्सर्फमर लगाउन गरिएको पहल अनितम चरणमा पुगेको प्रदेश सांसद विष्णु पन्थीले वताउनु भयो ।
उहाले १/२ दिन भित्र बिद्धुत कार्यालयले आफ्नो काम पुरा गर्नेछ र जडान भएको एक हप्ता भित्र सेवा सुरु गर्न सकिने छ भन्दै यो क्षण कपिलवस्तु र अर्घाखाँचीवासी दुबैकालागि सुखद हुने वताउनु भयो ।
छिटो सेवा संचालन गर्न चाहादा चाहादै पनि ढिलो भएकोमा सांसदका हिसावले जनतासंग क्षमा याचना गर्दै आफ्नो एक महत्वपूर्ण वाचा पुरा हुन लागेको सांसद पन्थीले जानकारी दिनु भयो ।
हराएका पूर्व मेयर मृत फेला
साउन २४, २०८३
कृष्णनगर, २४ साउन । अस्ति शुक्रबार दिउँसोदेखि हराइरहेका कपिलवस्तु नगरपालिकाका पूर्व मेयर किरण सिंहको शव फेला परेको छ । तिलौराकोट…



ghanashyam